एमाले केन्द्रीय कमिटीकाे साताैं बैठकले २२ बुँदे प्रस्ताव पारित (पूर्णपाठ)
काठमाडाैं, १० फागुन । नेकपा एमालेको केन्द्रीय कमिटी साताैं बैठकले विभिन्न २२ बुँदे प्रस्ताव पारित गरेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबारदेखि जारी बैठकले २२ बुँदे प्रस्ताव पारित गरेको हो।बैठकमा नौ समूहको छलफलबाट निकालिएका निष्कर्षलाई सुझावका रूपमा प्रस्तुत गरिएको छ।
राज्य सञ्चालनको जिम्मेवारी लिएका गलत पात्रहरूका कारण लोकतान्त्रिक गणतान्त्रिक प्रणालीमाथि नै चुनौती थपिँदै गएको बैठकको ठहर छ।
पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘गठबन्धनका मान्छे मुछिएका मुद्दाहरूमा पक्षपातपूर्ण न्याय निरूपण आमविषय बनेको छ । सरकारकै संरक्षणमा तस्करी र अवैध कारोबारीहरूमार्फत् समानान्तर अर्थतन्त्र चलाइएका कारण राजस्व सङ्कलन निरन्तर घटिरहेको र अन्तर्राष्ट्रिय संस्थाहरूको दृष्टिमा नेपालको विश्वसनीयता र साख खस्किँदै गएको छ’ ।‘गठबन्धन सरकारको कुशासन, राज्य सञ्चालनमा बढिरहेका बेथिति एवं गैरजिम्मेवार क्रियाकलापका कारण समाजका प्रत्येक अवयवहरू संकटग्रस्त बन्दै गएका छन्।
प्रहरीद्वारा अन्धाधुन्ध बल प्रयोगका कारण ललितपुरको बालकुमारीमा दुई र सर्लाहीको बरहथवामा एक जना युवाको अनाहकमा ज्यान गएको भन्दै पार्टीले दोषीहरूलाई कारबाही गर्न, मृतकहरूका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
स्थायी कमिटीबाट काशीनाथ अधिकारी, कोशीबाट घनश्याम खतिवडा, मधेसबाट चन्द्रेश्वर मण्डल, बागमतीबाट कैलाश ढुङ्गेल, गण्डकीबाट नवराज शर्मा, लुम्बिनीबाट राधाकृष्ण कँडेल, कर्णालीबाट गुलावजंग शाह, सुदूरपश्चिमबाट कृष्णप्रसाद जैसी र विभाग, उपत्यका तथा सम्पर्क विशेष, जनसंगठन, प्रवास समूहबाट पेम्बा लामाले आ-आफ्नो समूहको तर्फबाट सुझाव प्रस्तुत गरेका थिए।