काडमाडाैंकाे थापाथलीस्थित प्रसूतिगृहबाट बच्चा चोरी

काठमाडौं, ११ फागुन । काठमाडाैंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट एक महिलाले बच्चा चोरी गरेकाे छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार अस्पताल भित्रबाट एक जना महिलाले बच्चा चोरी गरेर फरार भएको हाे ।

प्रहरीका अनुसार काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने बच्चा चोरी भएको हाे । अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको फरार भएकाे प्रहरीले जनाएको छ।

घटना शुक्रबार दिउँसो १२ बजेतिर भएको प्रहरीले जनाएकाे छ । प्रहरीलाई बच्चा चोरी भएपछि करिब १ बजेतिर खबर भएको थियाे । प्रहरीले अहिले अनुसन्धान गरिरहेको जनाएकाे छ ।