प्रसुति गृहबाट चाेरी भएकाे शिशु काँडाघारीमा भेटियाे, अनुसन्धान गर्दै प्रहरी

काठमाडौं, १२ फागुन । थापाथलीस्थित परोपकार प्रसूति अस्पतालबाट चाेरी भएकाे शिशु काँडाघारीमा भेटिएकाे छ ।

प्रहरीले शिशुलाई काँडारीघामा फेला पारेकाे हाे । बच्चा लिएर जाने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु एक जना अपरिचित महिलाले लिएर फरार भएका थिए । प्रहरीले शिशुसहित महिलालाई नियन्त्रणमा लिएकाे हाे ।

शिशु के कारणले उक्त महिलाले लिएर गएका हुन भन्ने प्रहरीले खुलाएकाे छैन । प्रहरीका अनुसार अहिले अनुसन्धान भइरहेकाे जनाएकाे छ ।