होस्टल व्यवसायी संघ भक्तपुरमा अध्यक्षहित नाै सदस्यीय कार्यसमिति चयन

काठमाडौं, १३ फागुन । होस्टल व्यवसायी संघ नेपालको भक्तपुर जिल्ला शाखाले अध्यक्षहित नाै सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।

संघले अध्यक्षमा राजकुमार मानन्धरसहित ९ सदस्यीय कार्यसमिति चयन गरेका हुन् । शाखाको उपाध्यक्षमा अनु सिटौला, सचिवमा गणेश श्रेष्ठ, सहसचिवमा सिताराम सैँजु, कोषाध्यक्षमा अनिता थापा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा विनोद श्रेष्ठ, मिना महत गनेजु, सुबिन सिङ्गु र निकेश श्रेष्ठ निर्वाचित भएका छन् । साथै, सल्लाहकारमा तारानाथ चौलागाईँ मनोनित भएका छन् ।

होस्टल व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष सुनिल भेटवालका अनुसार होस्टल व्यवसायी संघ नेपालको शाखा बिस्तार अभियान भएको यो तेश्रो जिल्ला हो । यसभन्दा अघि काठमाडौं र ललितपुरमा जिल्ला कमिटि गठन भईसकेको छ ।उनबम अनुसार करिब १० वटा जिल्लामा शाखा बिस्तार गर्ने अभियान चलिरहेकाे छ ।