काठमाडौ वल्ड स्कुलमा ओपन हाउस

भक्तपुर, १३ फागुन । विद्यार्थीलाई जीवन बुझाउनुपर्नेमा जोड दिंदै भक्तपुरको एउटा स्कुलले ओपन हाउस गरेको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुस्थित काठमाडौ वल्ड स्कुलले शनिबार एकदिने ओपन हाउस गरेको हो ।
स्कुलकोबारेमा अभिभावक तथा विद्यार्थीलाई जानकारी दिने उद्देश्यले सवैका लागि निःशुल्क प्रवेशका साथ ओपन हाउस गरिएको स्कुलले जनाएकाे छ ।
कार्यक्रममा क्रममा विभिन्न स्टलहरु रहेका थिए । त्यहाँं स्कुलले दिने सवै प्रकारका सेवाबारे अवलोकनकर्ताहरुलाई बुझाएका थिए । आफूहरुले जीवनमा आइपर्ने अनेक समस्या समाधान गर्नसक्ने गरी जीवन बुझाउने शिक्षा दिइरहेको उनीहरुको भनाई थियो ।
स्कुलमा खेल तथा मनोरञ्जनात्मक कार्यक्रम पनि थियो । विद्यार्थीहरु विभिन्न खेलहरुमा रमाएका थिए । स्कुलको कक्षाकोठादेखि अन्य सेवासुविधा तथा भौतिक संरचना देखाउन तथा मनाेरञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको जनाइकाे छ।
काठमाडौ वल्र्ड स्कुलकी पारेन्ट कोअर्डिनेटर (अभिभावक संयोजक) नैना चन्द शाहले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यका बाहिरका विभिन्न जिल्लाका विद्यार्थीहरु सहभागी भएको बताइन् ।
कार्यक्रममा सहभागी हुन आएकी एकजना विद्यार्थीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँंका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् ।