तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओद्वय पक्राउ

काठमाडौं, १५ फागुन । सेन्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपानेसहित ९ जना पक्राउ परेका छन्। उनीहरुलाई ऋण प्रवाह दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको हो । न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन् ।

उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेको अरोप छ । सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको हो। सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले जानकारी दिएको छ । उनीसँगै सेन्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेका हुन् ।