काठमाडौंका विभिन्न स्थानमा एक साता विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं, १६ फागुन । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि एक सातासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नु पर्ने भएकाले आजदेखि फागुन २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति सेवा अवरुद्ध हुने भएको हो ।

आज बालुवाटार फिडरबाट वितरण भएको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।