मोरङमा १७ वर्षीया किशाेरी बलात्कृत

मोरङ, १८ फागुन । मोरङमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

किशोरीलाई आफ्नै घरमा लगेर बलात्कार गरेकाे आराेपमा बेलबारी नगरपालिका-२ बस्ने २२ वर्षीय अबिशेक श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

श्रेष्ठले ती किशोरीलाई मंगलबार आफ्नै घरमा लगेर बलात्कार गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।