शरस दिवसमा सर्जक रसिक र जाेशी शरस रत्न भूषणबाट विभुषित
भक्तपुर, २० फागुन । शरस पाठशालाकाे १७ ओैं अभिभावक दिवस सम्पन्न भएकाे छ । कार्यक्रमकाे अवशरमा शुक्रबार भक्तपुरकाे चित्तपाेल स्थित पाठशालाले नेपालका स्वास्थ्य क्षेत्रमा विशेष गरि क्यान्सर राेग निदान अभिमुखिकरणमा याेगदान दिदै आउनु भएकी दयालक्ष्मी जोशी र नेपाली साहित्य जगत र समाजमा लेखनबाट याेगदान गरिरहनु भएका साहित्यकार जितेन्द्र रसिकलाई शरश रत्न भूषण बाट विभुषित गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विद्या विकास विद्यालयका संस्थापक प्रिन्सिपल प्रदिप क्षेत्रीले विद्या विकास विद्यालयमै अध्ययन गरेर भक्तपुरमै पृथक प्रतिभाका बालबालिकाका लागि विद्यालय खाेलेर पाठशालाका संस्थापक इन्द्रप्रसाद खाईतुले शिक्षा क्षेत्रमा दिनु भएकाे याेगदान सराहनिय रहेकाे बताउनु भयाे ।
उहाँले बालबालिकाकाे पहिलाे स्कुल आफ्नै घर र पहिलाे गुरु पनि आफ्नै अभिभावक भएकाले बाल बालिका प्रति अभिभावक संवेदनशील हुनुपर्ने बताउनु भयाे । त्यस्तै विशेष अतिथि विद्यालयका सल्लाहाकार अजित थापाले शरश पाठशाला नाम जस्तै शरस रहेकाे र उक्त विद्यालयमा पढ्न पाएका विद्यार्थीले जीवन, जगत र व्यवहारिक शिक्षा पाइरहेकाे बताउनु भयाे ।
अतिथि विद्या विकास स्कूलको शिक्षक सकिला खड्का क्षेत्रीले विद्यालयका संस्थापक खाईतु आफ्नाे विद्यार्थी रहेकाे र उहाँले शिक्षा क्षेत्रमा विगत १७ वर्ष देखि दिइरहेकाे याेगदान र फरक सिकाई नीतिले शरस पाठशालाका विद्यार्थी असल र अव्वल बन्ने विश्वाश व्यक्त गर्नु भयाे । कार्यक्रममा पाठशालाका संस्थापक खाईतुले विद्यार्थीहरुको फरक प्रतिभा र क्षमतालाई लक्षित गरेर तनाव रहित वातावरणमा अध्यापन गराए हरेक व्यक्ति सफल हुन सक्ने कुरा कार्यक्रममा व्यक्त गर्नु भयो।
कार्यक्रममा असल शिक्षक सिमला लामालाई सम्मान गरिएकाे थियाे भने कक्षा १ देखि ७ सम्मका विद्यार्थीले नृत्य तथा आफुले हासिल गरेका व्यवहारिक ज्ञानकाे डेमाेस्ट्रेसन समेत गरेका थिए । कार्यक्रममा शिक्षकहरु एवम अभिभावकले समेत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्रिन्सिपल संचिता तामाङले शरस पाठशाला आम सामुदायिक र निजी पाठशाला भन्दा फरक उद्देश्य र फरक लक्ष्यका साथ शिक्षणमा अगाडि बढिरहेकाले विद्यार्थीहरूकाे पाठशाला प्रति आकर्षण बढिरहेकाे बताउनु भयाे ।