राष्ट्रपति कार्यालय शितल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन्।

नयाँ समीकरण बनेपछि त्यसको जानकारी र मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् ।

आजै नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारीमा प्रधानमन्त्री दाहाल छन्। माओवादी, एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धन बनेको छ।