नयाँ सत्ता गठबन्धनको बैठक बालुवाटार बस्दै, मन्त्रीहरूले अपराह्न ४ बजेपछि शपथ लिने

काठमाडाैं, २१ फागुन । नयाँ सत्ता गठबन्धनको बैठक दिउँसो साढे २ बजे बस्ने भएको छ । गठबन्धनमा फेरबदलसँगै प्रधानमन्त्री निवास बालुवाटारमा पुन: बैठक बस्न लागेकाे हाे ।

नयाँ गठबन्धन अनुसार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितमान तामाङ, रास्वपाबाट डिपी अर्याल मन्त्री बन्ने पक्का भएको छ।

मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए ।

स्रोतका अनुसार मन्त्रीहरूको शपथ अपराह्न ४ बजेपछि हुने बताइएको छ।