मोरङमा शौचालय गएकी किशोरीको धारिलो हतियार प्रहार विभत्स हत्या

काठमाडौं, २२ फागुन । मोरङको शनिश्चरेमा १५ वर्षीया बालिकाको विभत्स हत्या भएको छ ।

गए राति १० बजेतिर शौचालय गएकी ज्ञानमति राईकाे अपरिचित व्यक्तिले धारिलाे हतियार प्रहार गरी हत्या गरेकाे हाे । मृतककाे टाउको र शरीर छुट्टिएको अवस्थामा शव फेला परेको छ ।

खोटाङ घर भएकी ज्ञानमति २ वर्षदेखि पथरीमा फुपुको छोराको घरमा बसेर पढ्दै आएकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएकाे छ ।

कक्षा ७ मा अध्ययनरत राईलाई हत्या गर्ने व्यक्ति र कारणबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । तालिमप्राप्त कुकुर ल्याएर प्रहरीले अनुसन्धान सुरु गरिएकाे जनाएकाे छ ।