देउवापनि पुगे माधव नेपाल निवास

काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापनि माधव नेपाल निवास कोटेश्वर पुगेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न देउवा, पत्नी आरजु र नेता रमेश लेखकसहित नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेपछि पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल गर्न देउवा नेपाल निवास पुगेका हुन् ।

नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।