निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा दिएन मान्यता

काठमाडौं, २४ फागुन । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई निर्वाचन आयोगले पार्टीको अध्यक्षमा नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ ।
पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेपनि निर्वाचन आयोगले चौधरीलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो ।
नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो । उक्त निवेदनमाथि निर्णय गर्दै आयोगले राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेअनुसार नाउपाको दलको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय गरेको छ ।