प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भटेवार्ता

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भटेवार्ता भएको छ ।

बालुवाटारमा भएको उहाँहरूबीचकाे भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको सचिवालय श्राेतले जनाएकाे छ ।

भेटमा भोलि हुने राष्ट्रियसभा अध्यक्ष निर्वाचन, प्रधानमन्त्रीले लिने विश्वासको मत, सरकारका साझा न्यूनतम कार्यक्रमको विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रियसभा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ भने उपाध्यक्ष एमालेले पाउने सहमति छ ।