त्रिकोणात्मक टी २० सिरिज: उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी भिड्दै

काठमाडौं, ३० फागुन । त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) भिड्दै छन् ।
त्रिकोणात्मक टी–२० सिरिजको हङकङमा जारी खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पपुवा न्यूगिनीलाई ८५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
त्यस्तै मंगलबार नै सम्पन्न खेलमा पपुवा न्यूगिनीले भने हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो । हङकङले आजै आजै तेस्रो स्थानका लागि हङकङ ए सँग खेल्दै छ ।