१७ वर्ष अघि मृगौला प्रत्यारोपणपछि डाक्टरलाई ओलीको प्रश्न–म सिसाको बाकस भित्र बस्नु ? (भिडियो)

मैले भन्दा काठमाडौं, २ चैत । ‘सातौं नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव’ मा आज पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच चलचित्र संवाद भयो । करीब डेढ घण्टा लामो संवादमा ओली र हमालबिच धेरै कुराकानी भए । उहाँले संवादका क्रममा मान्छेले सक्रिय छ भन्छ भने उसको अर्को पाटो पनि हुने उल्लेख गर्नुभयो ।

‘उसको निष्कृय पाटो पनि हुन्छ । विभिन्न पाटो पनि हुन्छन् । जीवनमा दुःखहरु आइरहन्छन्,’ उहाँले भन्नुभयो, ‘पीडाहरु आइरहन्छन् । मैले जीवन मृत्यु र कठिनाई सँगसँगै हिडिरहेको हुन्छ भनेर बुझेको छु ।’ ओलीले आराम र व्यायम, जागर र निन्द्रा सँगसँगै हिडिरहेका हुन्छन् भन्दै कला एउटा महत्वपूर्ण अंश भएको उल्लेख गर्नुभयो । उहाँले कला बनुझेका जीव पनि बाँचेका छन् भन्दै मानव जीवन फरक रहेको र बाँच्नु मात्रै जीवन नभएको समेत उल्लेख गर्नुभयो ।

‘खुशियाली पनि जीवन हो । मान्छेले त्यहि भएर ताल, लय, संगीतको खोजिमा हुन्छ,’ ओलीले भन्नुभयो, ‘बाँच्न मात्रै त गाईभैँसी जस्तै बाच्न सक्छ होला तर मानव जीवन बाच्नका लागिचाँहि कला चाहिन्छ ।’ १७ वर्ष अघि आफूले मृगौला प्रत्यारोपण गर्दाको पल सम्झिनु भयो । ‘१७ वर्ष अघि मृगौला प्रत्यारोपण गर्दा मलाई डाक्टले मान्छेसँग हात नमिलाउनु, अनुहार नदेखाउनु मास्कले छोप्नु, टाढै बस्नु नजिक नजानु, भीडमा नजानु, भनेको थिए । अनि मैले भने सिसाको बाकस बनाएर बस्नु,’ ओलीले जीवनबारे आफ्नो सन्र्दभसँग जोडेर भन्नुभयो, ‘जबसम्म बाँच्छौँ, सुखसँग बाँच, जबसम्म बाँच्छौ सक्रिय भएर बाँच, कर्तव्यपथमा हिँडिराखेर बाँच भन्ने मेरो सिद्धन्त हो ।’