महरालाई म्याद थप गर्न लगियो सरकारी वकिल कार्यालय

काठमाडौं, ५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।

महरालाई म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो ।

भेपमार्फत करिव ९ किलो सुन तस्करीमा पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई रूपन्देहीबाट बाट पक्राउ गरेको थियो ।