पाेखराकाे काहुँडाँडामा भिषण आगलागी, स्थानीयकाे घर जाेखिममा

कास्की, ५ चैत्र । पोखराको काहुँडाँडामा भीषण आगलागी भएकाे छ । भीषण आगलागीले मानव वस्ती जोखिममा परेको छ।
पोखरा-११, काहुँडाँडाको बतासे भन्ने जंगलमा सोमबार राति साढे ८ बजेदेखि आगलागी सुरु भएको हाे । आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
स्थानीयका अनुसार आगलागीले स्थानीय भरत आचार्य लगायतको घर जोखिममा परेकाे छ ।
वडाध्यक्ष प्रेम कर्माचार्यका अनुसार मणिपाल शिक्षण अस्पतालदेखि केही माथिको जंगलमा आगलागी भएको र नियन्त्रणका लागि दमकल पुगेको भए पनि बाटोका कारणले कठिनाइ भएको छ।
नेपाली सेना र प्रहरीको टोली आगलागी भएकाे स्थानमा पुगेको छ। आगो नियन्त्रणको प्रयास भइरहेको वडा अध्यक्षले जनाएकाे छ।