सुन तस्करी काण्डमा छानबिनका लागि आयोग बनाइयोस भन्ने एमालेको माग प्रमाणित भयोः ओली
धनगढी, ६ चैत । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी काण्डमा छानबिनका लागि आयोग बनाइयोस भनेर एमालेले त्यतिबेला भनेको कुरा अहिले आएर सही प्रमाणित भएको उल्लेख गर्नुभयो । प्रेस चौतारी नेपाल कैलाली शाखाले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘नेकपा (एमाले)ले त्यतिबेला सुनकाण्डका बारेमा आयोग वा छानविन समिति गठन हुनुपर्छ भनेर राखेको अडान अहिले प्रमाणित भयो,’ ओलीले भन्नुभयो, ‘त्यतिबेला हामीले आयोग गठन हुनुपर्छ भन्यौ, तर कांग्रेसले २ महिला ढिलो गरिदियो । एमालेले आयोग गठन गर्नुपर्छ भनेर किन भनेको रहेछ । अहिले प्रमाणित भयो नि ?’
ओलीले सोमबार माओवादीका नेता पक्राउ परेका होइनन् भनदै ओवादीका नेता पक्राउ नपर्ने उल्लेख गर्नुभयो । ‘तर अनुसन्धानभित्र आएका जो कोही पनि पक्राउ पर्न सक्छन,’ उहाँले भन्नुभयो ।