सरकारले ल्यायो बाँसबारी छालाजुत्ता उद्योगको जग्गा आफ्नो नाममा
काठमाडाैं, ९ चैत्र । सरकारले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा आफ्नो स्वामित्वमा ल्याएको छ ।
शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पत्रकार सम्मेलन गर्दै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेका हुन् ।
‘हाल चाँदबाग रेसिडेन्सी प्रालिको नाममा लगिएको बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारीकरण गर्ने निर्णय भएको छ ।’ मन्त्री अधिकारीले भने ।
मालपोत ऐन २०२४ अनुसार उक्त जग्गा सरकारको नाममा ल्याइएको हो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो ।