ऐतिहासिक सहर टाेखामा जे एम थर्टी ग्रुपले गर्याे रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरको शुभारम्भ

काठमाडौं, १० चैत । ऐतिहासिक सहर टाेखामा जे एम थर्टी ग्रुपले जे एम थर्टी रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरको विस्तार गरेको छ ।

स्वादका पारखीहरूका लागि बहुराष्ट्रिय कंम्पनी ‘ शुयी कल्चर’ अन्तर्गतको नेपालको सबैभन्दा ठूलो र अग्रणी संस्था जे एम थर्टी ग्रुपले पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवादिने हेतुले जे एम थर्टी
रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरको विस्तार गरेकाे जनाएकाे छ ।

जे एम थर्टी ग्रुप का अध्यक्ष तथा प्रवन्ध निर्देशक तथा समाजसेवी शैलेन डंगोलले सेकुवा कर्नरको समुद्घाटन गर्दै उहाँले स्वादका पारखीहरूका लागि ऐतिहासिक सहरमा पारिवारिक वातावरणमा याे रेस्टुरेन्ट तथा सेकुवा कर्नरले ग्राहककाे मन जित्ने बताउनुभयाे ।

ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक डंगोलले युवाहरूलाई देशमै रोजगार सृजना गर्दै विभिन्न सेवा सुबिधा मार्फत स्वदेशमै काम गर्न रुचाउने युवाहरूलाई एकीकृत गर्दै काम गर्ने वातावरण मिलाउन हजारौं मानिसलाई रोजगारी दिलाउने उदेश्यले जे एम थर्टी ग्रुप संचालनमा ल्याएकाे बताउनुभयाे ।

जे एम थर्टी रेस्टुरेन्ट एन्ड सेकुवा कर्नरका संयोजक बिरेन्द्र महर्जनले अहिलेको प्रतिस्पर्धात्मक बजारमा रेस्टुरेन्ट पारखी उपभोक्ताको मागलाई ध्यानमा राख्दै पूर्ण पारिवारिक वातावरणमा गुणस्तरीय सेवा दिने उदेश्यले उक्त रेस्टुरेन्ट सञ्चालनमा ल्याइएकाे बताउनुभयाे ।

ग्रुपले रेस्टुरेट संगै हालसम्म म्यानपावर सप्लाइ, ट्रेडिङ /सप्लायर्स लगायत सेवा बिस्तार गरिसकेको जनाएकाे छ । ग्रुपले पाइपलाइनको रूपमा निकट भबिस्यमै आएल एन्ड ग्यास , मेडिसिन , विद्युती सवारी , रियल स्टेटमा लगानी गर्ने योजना रहेको ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक डंगोलले बताउनुभयो ।

शुयी कल्चर एस दि एन बि एच दि मलेसिया अन्तर्गत बहुराष्ट्रिय कंम्पनीहरु नेपालको जे एम थर्टी ग्रुप लगायत हाल मेक्सिको , क्यानडा , सिङापुर ,जापान, ब्राजिल ,फ्रान्स ,चीन हङकङ ,भियतनाम र थाइल्यान्ड रहेका छन् ।

जे एम थर्टी रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर ऐतिहासिक सहर टाेखाकाे वडा नं ३ स्थित मालपोत कार्यालय अगाडि ज्योति विकास बैंकको भवनमा रहेकाे छ ।