हरिसिद्धिमा मनाइयाे फागु पूर्णिमाका दिन ‘जल प्याखं’
ललितपुर, १२ चैत्र । ललितपुरकाे हरिसिद्धिमा हरेक वर्ष फागु पूर्णिमाका दिन मनाइने ऐतिहासिक हरिसिद्ध नाच सम्पन्न भएको छ ।
फागु पूर्णिमाका दिन हरेक वर्ष हरिसिद्धि नाचका सम्पूर्ण देवगणहरू सार्वजनिक भई नाच प्रस्तुत गर्ने गरिन्छ । एक दिनको प्रदर्शन पछि नाच पुनः भित्र्याउने गरिन्छ । यस नाचलाई स्थानीय भाषामा ‘जल प्याखं’ भनिन्छ ।
हरिसिद्धिको यो नाचलाई नेपालकै सबैभन्दा पुरानो नाचका रुपमा लिइने गरिन्छ । सामान्यतया यो नाच हरेक वर्ष होली पूर्णिमा लगायत योमरी पूर्णिमा, गाईजात्रा र दशैँको अष्टमिका दिन निकालिने गरिन्छ ।
गाईजात्रामा नाच निकाल्दा देवगणहरू देवताको पोशाकमा हुँदैनन् । देवगणहरू सेतो जामा लगाएर बाहिर निस्कन्छन् र सोही पोशाकमा हरिसिद्धि मन्दिर छेउमै रहेको पोखरीमा पौडी खेली वारपार गर्छन् । देवगणहरू पानीमा पौडिनु यो नाचको मौलिक परम्परा हो ।
बाह्र वर्षमा एक पटक देशका विभिन्न स्थानमा यो नाच (जल प्याखं) प्रदर्शन गर्नुपर्ने परम्परा रहि आएकाे छ ।
तस्विरहरू