टुँडिखेलमा चीर दहन गरेर समापन गरियो हाेली

काठमाडौं, १२ चैत्र । काठमाडौंको बसन्तपुरमा ठड्याइएको चीर आज बिहान ढाली विधिवत् रुपमा होली पर्व समापन गरिएकाे छ ।

फागु पूर्णिमा मनाएसँगै हर्षबढाइँ गरेर चीर ढालेपछि त्यसलाई बोकेर हनुमानढोका, इन्द्रचोक, न्युरोड हुँदै टुँडिखेल लगेर जलाइने परम्परा छ ।

चीर ठड्याएसँगै फागु (होली) सुरु हुने र चीर ढालेपछि सम्पन्न हुने पौराणिक मान्यता छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले चीर ढाल्ने साइत निकालेको थियो । उक्त साइत अनुसार आज चिर ढालिएकाे हो ।

बसन्तपुरमा ढालिएको उक्त चीर बोकेर टुँडिखेल लगिएको थियो भने त्यहीं आगो लगाई दहन गरिएको थियो । चीर दहन पश्चात यो पर्वको फागु पर्व विधिवत् रुपमा समापन भएको मानिन्छ ।

काठमाडौं उपत्यकामा हिजो विधिवत् रुपमा फागु सम्पन्न भए पनि तराई क्षेत्रमा भने आज फागु मनाइरहेको छ ।

तस्बिरहरू