नेपालले आयरल्याण्ड ‘ए’ सँग आज दोस्रो खेल खेल्दै
काठमाडाैं, १३ चैत्र । नेपाल र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो टी–२० अभ्यास खेल आज हुँदै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १ बजे सुरूहुनेछ ।
यसअघि हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको थियो । टस जितेर पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
नेपालले आज दोस्रो खेल खेलेपछिनेपाल ‘ए’ टीमले आयरल्यान्ड ‘ए’ टीमसँग तीन टी-२० र तीन एकदिवसीय खेल खेल्नेछ । चैत १५, १६ र १८ गते टी-२० खेल र चैत २१, २३ र २५ गते एकदिवसीय खेल खेल्नेछ ।