नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै

काठमाडौं, १६ चैत । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ ।

खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

विहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।

नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी–२० खेल शुक्रबार, शनिबार र सोमबार हुनेछ ।

नेपाल ए को टी–२० टोलीमा सिनियर टोलीबाट खेलेका विनोद, लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, बसिर अहमद लगायतका खेलाडी छन् ।