रुस युक्रेन युद्धमा मारिएका नेपालीका परिवारद्वारा प्रदर्शन

काठमाडाैं, १९ चैत । रुस युक्रेन युद्धमा मृत्यु भएका आफन्त तथा परिवारका सदस्यहरूले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

आफन्त तथा परिवारका सदस्यहरूले सोमबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका हुन् । उनीहरूले व्यानरमा विभिन्न नारा लेखेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका परिवारलाई प्रहरीले पक्राउ गरेका छन् ।

उनीहरूले बेपत्ता भएकालाई स्वदेश फर्काउन पहल गरिदिन, ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । यस्तै उनीहरूले युद्धमा घाइते भएका नेपालीको नि:शुल्क उपचारको मागसमेत गरेका छन्।

प्रदर्शनका क्रममा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।