एपीएफको स्टोरमा आगलागी, अध्ययन गर्न छानबिन समिति गठन
काठमाडौं, २६ चैत । सशस्त्र प्रहरी बल नेपालको भण्डार महाशाखा अन्तर्गत रहेको काठमाडौं बलम्बुस्थित केन्द्रीय स्टोरमा आज ४ बजेर ५० मिनेट जाँदा आगलागी भएको छ । सो आगलागिमा विभिन्न स्थानबाट खटिएको दमकल र ट्याङ्करको सहायतामा आगो निन्त्रणमा लिने प्रयास लिएको छ ।
प्ररम्भिक रुपमा बिधुत सर्ट भइ आगलागी भएको देखिएको र यो विषयमा विस्तृत छानविन गरी प्रतिवेदन पेश गर्नका लागि कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानविन समिती गठन गरिएको छ सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । जिन्सी सामान मात्र राख्ने स्टोर भएकोले के–कति मात्रामा क्षति भयो भन्ने विस्तृत अध्ययनपछि मात्र एकिन हुने उहाँले जानकारी दिनुभयो ।
आगलागी हुनासाथ तत्काल नजिक रहेका घरहरुमा क्षति नपुगोस् भनि उच्च संयममता अपनाइएका कारण अन्य आमसर्वसाधारणहरुको घरमा कुनै क्षति नभएको र मानवीय क्षति समेत नभएको पनि उहाँले जानकारी दिनुभयो ।