पोखरा महानगरपालिकाकी सब- इन्जिनियर सेवाग्राहीसँग घुस लिँदै गरेकाे अवस्थामा पक्राउ

कास्की, २९ चैत । पोखरा महानागरपलिकाकी सब—इन्जिनियर सेवाग्रहीसँग घुस लिँदै गरेको अवस्थामा पक्राउ परेकी छिन् । उनीसहित प्रहरीले अर्का एक जनालाई पनि पक्राउ गरेका छन् ।
पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब—इन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
उनीहरुको साथबाट सेवाग्रहीसँगबाट लिएको डेढ लाख रुपैयाँ नगध पनि बरामद गरिएकाे छ । उनीहरुले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ मागेका थिए ।
आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब—इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।
पोखरा ५ का अध्यक्ष विष्णुप्रसाद बरालकाअनुसार अहिले प्रारम्भिक अनुसन्धान भइरहेको छ ।