राष्ट्रियसभाको रिक्त सदस्यमा डाक्टर अन्जान शाक्य सिफारिस

काठमाडौं, ३० चैत । राष्ट्रियसभाको रिक्त सदस्यमा आज बसेको मन्त्रिपरिषद् बैठकले डा. अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । बैठकले डाक्टर शाक्यलाई मनोनितका लागि सिफारिस गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

डाक्टर शाक्य को–हुनुहुन्छ ?

इजरालयका लागि नेपाली राजदूत भसक्नु भइएकी डाक्टर अन्जान शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले इजरायलमा राजदूत हुँदा एम्वेशडर अफ दि एअर–डिप्लोम्याट अफ दि एअर अवार्डबाट सम्मानित हुनुभएको थियो ।

शाक्यसँगपरराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको लामो अनुभव छ । साथै, उहाँले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि छ । नेपाल वुमन चेम्बरको संस्थापक अध्यक्षको समेत जिम्मेवारी बहन गरिसक्नु भएकी शाक्यले फरने पलिसी अफ नेपाल, नेपाल जर्मनी रिलेशन्स, भिजन अन फरेन अफियर्स, नेपाल चाइना रिलेशन्स, नेपाल इण्डिया रिलेशन्स, नेपाल–इजरालय रिलेशन्स, नेपाल–जापान रिलेशन्स्लगायत पुस्तकको सम्पादनसमेत गरिसक्नु भएको छ ।

शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभव समेत छ । उहाँले क्यालिफोर्नियाको वेष्टक्लिफ युनिभर्सिटीको प्रेसिडेन्सिएल विजनेश स्कुलमा समेत प्राध्यापन गर्नुभएको अनुभव छ ।

शाक्य चर्चित गायिका समेत हुनुहुन्छ । उहाँले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको गीत चर्चित गाउनु भएको छ । उहाँ नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत हुनुहुन्थ्यो । उहाँ नेपाल विश्व सम्बन्ध परिषद्को आजिवन सदस्यको समेत जिम्मेवारीमा हुनुहुन्छ ।