नयाँ वर्षसंगै भक्तपुरमा बिस्का: जात्राकाे राैनक, जात्रालुहरूकाे घुइँचो (तस्बिरहरू)

भक्तपुर, १ वैशाख। भक्तपुरमा परम्परागतरूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का: जात्रामा जात्रालुहरूकाे भिड लागेकाे छ ।

भेलुखेलस्थित ल्यसिङ्खेलमा शुक्रबार अर्थात असी सालकाे अन्तिम दिन साँझ उठाइएको यसिं र भैरवनाथकाे रथमा पुजा गर्नेहरूकाे भिड लागेकाे हाे ।

जात्रा हेर्न भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेलगायत विभिन्न जिल्लाबाट हजारौं मानिसहरू भेलुखेलमा पुगेका छन् ।

नव वर्षको आगमनसँगै सुरु हुने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्का: जात्रा आठ रात नौ दिनसम्म धुमधामसाथ भक्तपुरमा मनाइन्छ ।

तस्बिरहरू