सल्यानको बागचौरमा बस दुर्घटना हुँदा १४ जना घाइते
![accident-3](https://maitrinews.com/wp-content/uploads/2024/04/accident-3-3.jpg)
दाङ, ५ वैशाख । दाङबाट रुकुमका लागि यात्रु लिएर हिँडेकाे बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना भएकाे छ ।
रा १ ख २०८५ नं को बस बागचौर–२ ठिनबाँङस्थित पुलदेखि तल खसेर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महारिक्षक कुवेर कडायतका अनुसार बस दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेकाे छ ।
अहिले नेपाल प्रहरी र स्थानीयले घाइतेहरुको उद्धार गरी थारमारेस्थित अस्पताल तथा जिल्ला अस्पताल सल्यानमा उपचारका लागि लगिरहेका कडायतले जानकारी दिनुभयो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।