जनकपुरमा एक युवती र ९ महिनाकी बालिका जलिरहेको अवस्थामा मृत फेला

काठमाडौं, ६ वैशाख । जनकपुरधाममा एक महिला र अन्दाजी ९ महिने शिशु जलिरहेको अवस्थामा फेला परेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीकाे डिलमा बुधबार राति युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।

युवतीको शव नजिकै करिब ९ महिनाकी बालिका पनि जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएकाे छ । जलेर मृत्यु भएका महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान छ ।

मृत्यु भएकी महिला महोत्तरीको मनरा शिसवा नगरपालिका–२ कि २३ वर्षीया प्रियंका महतो रहेको र करिब ९ महिनाकी बालिकाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।