एसीसी प्रिमियर कप
नेपालले आज युएईसँग सेमिफाइनल भिड्दै
काठमाडौं, ७ वैशाख । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले आज युएईसँग खेल्दैछ ।
ओमनकाे अल अमेरत खेल मैदानमा नेपाली समयअनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
समूह ‘ए’ को विजेता नेपालले समूह ’बी’ को उपविजेता युएईसँग सेमिफाइनल खेल्न लागेको हो ।
समूह ’ए’ उपविजेता हङकङले समूह ’बी’ को विजेता ओमनसँग आजै सेमिफाइनल खेल्दैछ ।
समूह चरणमा नेपाल र ओमनले चार ओटै खेलमा जित हासिल गरिसकेका छन् । यूएई ३ खेलमा जित र एक खेलमा हार र हङकङ दुई खेलमा जित र दुई खेलमा हार बेहोरेको छ ।