एसीसी प्रिमियर कप

सेमिफाइनलबाट बाहिरियो नेपाल

काठमाडौं, ७ वैशाख । नेपाल ओमान जारी एसीसी प्रिमियर कपको सेमिफाइनलबाट बाहिरिएको छ । नेपाल यूएईसँग ६ विकेटले पराजित भएकाे छ ।

हारसँगै आगामी वर्ष आयोजना हुने एसीसी एसिया कप खेल्ने नेपालकाे  सम्भावना समाप्त भएको छ ।

नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय १९ रन जोडेको थियो। नेपालकाे १२० रनको लक्ष्य युएईले १७.२ ओभरमा ४ विकेट गुमाउँदै फाइनलमा स्थान पक्का गर्‍याे ।

युएईका ओपनर अलिशान शराफुले ४१ बलमा ५ चौका र २ छक्कासहित ५५ र आयन खान ३ रनमा नटआउट रहे ।

नेपालका ८ ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। सन्दीप जोराले सर्वाधिक ५० रन जोडे। गुल्सन झाले २० र करन केसीले १७ रन बनाए।

इनिङ्सको पहिलो बलमै कुशल भुर्तेल गोल्डेन डकआउट भएका थिए। रोहित पौडेलले १८ बलमा ५ रन जोडे भने आसिफ शेखले ८ रन बनाए। कुशल मल्ल ३ र दीपेन्द्रसिंह ऐरी ५ रन जोडेर आउट भए।