एमालेले आफ्नै पार्टी कार्यालय बनाउने योजना बनाएको छः महासचिव पोखरेल
लतिलपुर, ८ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा एकल बहुमत प्राप्त गर्ने गरी संगठनको गतिविधिलाई अघि बढाउनुपर्ने बताउनु भएको छ । नेकपा (एमाले) को प्रथक राष्ट्रिय प्रतिनिधि परिषद् प्रथम बैठकमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै पोखरेलले यस्तो बताउनु भएको हो । कार्यालयको भवन निर्माण गरेर थप पार्टीलाई थप व्यवस्थित बनाएर अघि बढ्नु पर्ने पनि उहाँले बताउनु भयो ।
पोखरेलले नेकपा कालमा संगठनात्मक सुन्यताको अवस्था रहेको भन्दै अहिले विस्तारै त्यसबाट पार्टी बाहिर निस्किएर उठ्दै उघि बढेको उल्लेख गर्नुभयो । उहाँले विस्तारै संगठनका गतिविधिलाई व्यवस्थित बनाउने काम पनि अघि बढेको उल्लेख गर्नुभयो ।
सात वटा केन्द्रीय कमिटीका बैठक सम्पन्न भएको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले मिशन ग्रासरुट अभियान चलाएको र त्यसबाट ८ सय ५० बढी प्रतिवेदन तयार पारेर त्यसैका आधारमा कामको गतिविधि अघि बढाएको पनि उल्लेख गर्नुभयो । पार्टी जीवनलाई सक्रिय बनाउन अगुवाहरु बढी सक्रिय हुनुपर्ने .पनि उहाँले उल्लेख गर्नुभयो । दशौँ महाधिवेशनपछि ३३ वटा सचिवालय बैठक बसेको र ती बैठकले महत्वपूर्ण निर्णय गरेको पनि उल्लेख गर्नुभयो ।