प्रतिनिधि परिषद् बैठकमा ओलीका ६ बुँदे प्रस्ताव यस्ता छन्

लतिलपुर, ८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) को प्रथक राष्ट्रिय प्रतिनिधि परिषद् प्रथम बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै छलफलका लागि ६ वटा बुँदा प्रस्तुत गर्नुभएको छ ।

उहाँले प्रस्तुत गरेका ६ वटा बुँदामा पहिलो बुँदा पार्टी सदस्यता नवीकरण, वितरण तथा परीक्षण रहको छ । त्यसैगरी दोस्रोमा प्रतिनिधि छनोट, अधिवेशन र नेतृत्व चयन रहेको छ भने तेस्रोमा कमिटी सञ्चालन, चेन अफ कमाण्ड र कार्यकर्ताको मूल्याङकन रहेको छ ।

चौथोमा कार्यशैली, जीवनशैली र कार्यकर्ताको आचरण रहेको छ । पाचौँमा आर्थिक सामाजिक रुपान्तरण र जनचासोको विषय छ भने छैटौँमा निर्वाचनमार्फत निर्णयक राष्ट्रिय शक्ति निर्माण गर्ने कुरा रहेको छ । ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ । बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गर्नेछन् ।