वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा

काठमाडौं, १३ चैत । नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ ।
घोषणा टाेलीले आइसिसी टी-२० विश्वकप २०२४ को तयारीका लागि वेस्ट इन्डिजको ‘ए’ टिम सँग पाँच खेलको टी-२० सिरिज खेल्नेछन् ।
आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा समावेश छन् । त्रिवि मैदानमा हुने सिरिजका खेलहरु वैशाख १५, वैशाख १६, वैशाख १९, वैशाख २० र वैशाख २२ हुनेछन् ।
नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ । नेपालले जेठमा हुने आईसीसी टी-२० विश्वकपअघि यस सिरिजलाई तयारीको रुपमा समेत लिएको छ ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द छन् ।
त्यस्तै वेस्ट इन्डिजकाे टिममा रोस्टन चेज (कप्तान), एलिक एथानाज (उपकप्तान), फेबियन एलेन, कादिम एलीन, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोए, गुडाकेश मोती, किमो पल, ओशान थोमस, हेडेन वाल्श रहेका छन् ।