सपथपछि डाक्टर शाक्यः जनताको लागि इमान्दारिताका साथ बफादार रहेर समर्पित हुन्छु (१० तस्बिर)

काठमाडौं, १६ वैशाख । नवनियुक्त राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आज शपथ ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिदैँ उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।
उहाँले राष्ट्रिय सभाको गरिमा उचाइमा पुर्याउन आफूले सक्दो पहल गर्ने पनि बताउनुभयो । शाक्यले आज राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबाट सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिनु भएको हो ।
शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गर्नुभएको थियो । सपथपछि दाहालले सांसद शाक्यलाई सांसदको लोगो हस्तान्तरण गर्नुभएको थियो । शाक्यले आजदेखिको सम्पूर्ण काम देश र जनताको लागि इमान्दारिताका साथ बफादार रहेर समर्पित गर्न चाहेको पनि उल्लेख गर्नुभयो । उहाँले राष्ट्रियसभाको गरिमालाई उचाइमा पुर्याउनका लागि जे जस्ता काम बफादार भएर इमान्दारिताका साथ गर्ने उल्लेख गर्नुभयो ।
डाक्टर शाक्य को–हुनुहुन्छ ?
इजरालयका लागि नेपाली राजदूत भसक्नु भइएकी डाक्टर अन्जान शाक्यले व्यवस्थापन विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले इजरायलमा राजदूत हुँदा एम्वेशडर अफ दि एअर–डिप्लोम्याट अफ दि एअर अवार्डबाट सम्मानित हुनुभएको थियो ।
शाक्यसँगपरराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशक भएर काम गरेको लामो अनुभव छ । साथै, उहाँले अन्तर्राष्ट्रिय सरोकार केन्द्रको अध्यक्ष भएर काम गरिसकेको अनुभव पनि छ । नेपाल वुमन चेम्बरको संस्थापक अध्यक्षको समेत जिम्मेवारी बहन गरिसक्नु भएकी शाक्यले फरने पलिसी अफ नेपाल, नेपाल जर्मनी रिलेशन्स, भिजन अन फरेन अफियर्स, नेपाल चाइना रिलेशन्स, नेपाल इण्डिया रिलेशन्स, नेपाल–इजरालय रिलेशन्स, नेपाल–जापान रिलेशन्स्लगायत पुस्तकको सम्पादनसमेत गरिसक्नु भएको छ ।
शाक्यसँग लामो समय पद्मकन्या कलेजमा प्राध्यापन गरेको अनुभव समेत छ । उहाँले क्यालिफोर्नियाको वेष्टक्लिफ युनिभर्सिटीको प्रेसिडेन्सिएल विजनेश स्कुलमा समेत प्राध्यापन गर्नुभएको अनुभव छ ।
शाक्य चर्चित गायिका समेत हुनुहुन्छ । उहाँले ‘यो मन्दिर, यो मस्जिद, यो चैत्य, यो गुम्बा, मलाई छ प्यारो सँधै आफू भन्दा’ बोलको गीत चर्चित गाउनु भएको छ । उहाँ नेपाल टेलिभिजनकी समाचार प्रस्तोता समेत हुनुहुन्थ्यो । उहाँ नेपाल विश्व सम्बन्ध परिषद्को आजिवन सदस्यको समेत जिम्मेवारीमा हुनुहुन्छ ।
तस्बिरः संसद सचिवालय