संविधान अझै पूर्ण हुन सकेकाे छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान अझै पूर्ण नभएकाे बताउनुभएकाे छ ।

सोमवार काठमाडौंकाे बसन्तपुरमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

उहाँले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा संघर्ष गर्दै आएकाे बताउँदै यसले अझै पूर्णता पाउन नसकेको उल्लेख गर्नुभयाे ।

उहाँले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो अनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन पनि आग्रह गर्नुभयाे । उहाँले भाषा आयोगमा नेवा: समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।