गृहनगरमा ओलीको सक्रियताः खुट्टा भाँचेर वैशाखी खोज्ने काम नगर्न सुझाव

झापा, १० जेठ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले खुट्टा भाँचेर वैशाखी खोज्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गृहनगर दमकको दोस्रो नगर अधिवेशनको उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो वताउनुभएको हो ।
अधिवेशनले महत्वपूर्ण जिम्मेवारी नेताहरुलाई दिने वताउनुभयो । गत निर्वाचनमा मेयर उपमेयर हार्दाको पीडा अहिले पार्टीले मात्र होइन दमकले भोगेको अध्यक्ष ओलीले वताउनु भएको छ । कोभिडका बेला एमालेको नेतृत्व भएकै कारण धेरै जनताको ज्यान बचाउन सकिएको पनि उहाँले स्मरण गर्नुभयो ।
दमकले अब कहिल्यै पनि मेयर उपमेयर नहार्ने तयारी गर्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले एमालेलाई हार्ने छुट नभएको पनि उल्लेख गर्नुभयो । ओली अहिले आफ्नो गृह जिल्लाको भ्रमणमा हुनुहुन्छ ।