सिरहा जिल्ला प्रहरी कार्यालयकाे शौचालयमा महिला प्रहरी मृत भेटिइन्

काठमाडाैं, ३१ जेठ । जिल्ला प्रहरी कार्यालय सिरहाको शौचालयमा एक महिला प्रहरी मृत भेटिएकी छन् ।
सिरहाका प्रहरी प्रमुख एसपी रमेश पण्डितले प्रहरी जवान करिष्मा सुनार शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेकाे बताउनुभयाे । सुनार महिला तथा बालबालिका सेलमा कार्यरत थिइन् ।
एसपी पण्डितका अनुसार सुनार ड्यूटीमै रहेको बेला दोस्रो तल्लाको शौचालयमा गएकी थिइन् । लामो समयसम्म नफर्किएपछि शंका लागेर ढाेका फाेरेर हेर्दा उनी झुण्डिएको अवस्थामा भेटिइन्
अहिले मृतक सुनारको शव घटनास्थलमै छ । एसपी पण्डितले मृतकको परिवारलाई खबर गरेको र आएपछि मात्रै शव पोष्टमार्टमका लागि लगिने बताउनुभयाे ।