भूकम्पको तस्बिर ‘फोटो अफ द इयर–०७३’

काठमाडौँ, १४ साउन । ‘नेपाल फोटो प्रतियोगिता –२०७३’ को उपाधि दीपकरत्न वज्राचार्यले जित्नुभएको छ ।
उहाँले गत वर्ष वैशाख १२ गते भूकम्प जाँदै गर्दा खिंचेको तस्बिर यस वर्षको ‘फोटो अफ द इयर –०७३’ घोषित भएको हो ।
फोटो पत्रकार (पिजे) क्लबको आयोजनामा आज यहाँ भएको कार्यक्रममा नभेष चित्रकारको तस्बिरले ‘नेपाल स्माइल’ विधा जित्यो भने ‘डेली लाइफ’ विधामा नरेश श्रेष्ठले खिंचेको तस्बिर पहिलो भयो । त्यस्तै ‘न्युज’ विधाको उपाधि पनि चित्रकारले नै जित्नुभयो भने ‘नेचर एन्ड वाइल्डलाइफ’मा रमेशकुमार पौडेलको तस्बिरले बाजी मा¥यो । त्यसैगरी ‘घुमफिर –२०७३ कल्चर एन्ड टुरिज्म’मा दिनेश श्रेष्ठले उपाधि हात पार्दा ‘स्पोर्टस’ विधाको उपाधि सुरविन्दकुमार पुनले जित्नुभयो । त्यसैगरी ‘फोटो स्टोरी’तर्फ नवीन बरालको तस्बिर विजयी भयो ।
साथै ‘डेली लाइफ’मा गोपेन राईको तस्बिर दोस्रो तथा प्रताप थापाको तेस्रो हुँदा ‘न्युज’ विधामा राजेश गुरुङको तस्बिर दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसीको तेस्रो भयो ।
त्यस्तै ‘नेचर एन्ड वाइल्डलाइफ’मा बिसोप ताम्राकारको तस्बिर उपविजेता बन्दा विकास खड्गीको तेस्रो भयो । ‘घुमफिर २०७३ कल्चर एन्ड टुरिजम’मा सम्बद्र्वन वज्राचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो भने ‘स्पोर्टस’मा रोबिक उपाध्यायको तस्बिर दोस्रो तथा उमेश श्रेष्ठको तेस्रो भयो । ‘नेपाल स्माइल’मा रजेन्द्र केसीको तस्बिर दोस्रो तथा सुलभभक्त श्रेष्ठको तेस्रो भयो । त्यसैगरी ‘फोटो स्टोरी’मा सागर क्षेत्रीको तस्बिर उपविजेता तथा नभेषका तस्बिर तेस्रा भए ।
देशभरबाट प्राप्त तस्बिरको निर्णय भारतका वरिष्ठ छाया चित्रकार (फोटोग्राफर) प्रशान्त पन्जियारको अध्यक्षतामा रहेकोे निर्णायकमण्डलले गरेको हो । निर्णायमण्डलमा, वरिष्ठ छाया चित्रकार मणि लामा, वरिष्ठ क्युरेटर सङ्गीता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ छाया चित्रकारद्वय देवेन्द्रमान सिंह, नरेन्द्र श्रेष्ठ र प्रकाश माथेमा रहेका थिए ।
प्रतियोगिताका लागि देशभरबाट करिब आठ सय ११ व्यावसायिक र सौखिन छाया चित्रकारले छ हजार छ सय ७० तस्बिर पठाएका थिए । ‘फोटो अफ द इयर’ विजेताले रु एक लाख तथा प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीयले क्रमशः रु ३०, रु २० र रु १० हजार प्राप्त गरे । विजेता सबै तस्बिरको प्रदर्शनी आगामी भदौ १५ देखि २१ गतेसम्म नेपाल कला परिषद् बबरमहलमा हुने पिजे क्लबले जनाएको छ ।
यस्तै अन्य विधाहरुमा संस्कृति र पर्यटन विधामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका फोटोहरु ः
यस्तै नेचर एण्ड वाइल्ड लाईफ विधामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका फोटोहरु ः
Owls are spotted sitting in hollow nest
यस्तै समाचार विधामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका फोटोहरु ः
A body of a victim lies trapped in the debris after an earthquake hit, in Kathmandu, Nepal April 25, 2015. The shallow earthquake measuring 7.9 magnitude struck west of the ancient Nepali capital of Kathmandu on Saturday, killing around 9,000 people. REUTERS/Navesh Chitrakar TEMPLATE OUT TPX IMAGES OF THE DAY – RTX1A7L1
Nepal which cost thousands of lives and leaving many people homeless.