दाहालको नेतृत्वमा बन्ने म्यादी सरकारलाई कसैले विश्वास नगर्ने भट्टराईको दावी

 

baburam2

दाङ । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराईले भारतसँग भएका सन्धि सम्झौताहरु पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।
भारतसंग विभिन्न समयमा गरिएका सन्धि सम्झौता असन्तुलित भएको भन्दै भट्टराईले तत्काल पुनरावलोकन आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

दाङको तुलसीपुरमा आज विहान आयोजित साक्षात्कार कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भन्नुभयो , म प्रधानमन्त्री हुँदा नै प्रवुद्ध समुह निर्माण भएको हो। त्यही समुहको सहयोगमा सीमाको विवाद र सीमामा भइरहेको डुवानको समस्या हल गर्न सकिन्छ। त्यसका लागि सन्धि सम्झौता पुनरावलोकन गर्न जरुरी छ।’

उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल म्यादी प्रधानमन्त्री बन्न लागेकोले केही राम्रो काम गर्न नसक्ने पनि दाबी गर्नुभयो ।

दाहाल नेतृत्वको म्यादी सरकारलाई देशभित्र र अन्तर्राष्ट्रिय समुदाय कसैले विश्वास नगर्ने ,सुरुमै ९ महिना म्याद तोकेर आएको म्यादी सरकारले कति काम गर्न सक्छ ? उहाँले प्रश्न गर्नुभयो ।
साउन १७ गते ।