छिन्नमस्ता देवीको मेची—महाकाली रथयात्रा

गाईघाट। असार ३० गतेदेखि सुरु भएको सप्तरी जिल्लामा अवस्थित छिन्नमस्ता ९सखडा० देवी भगवतीको मेची–महाकाली रथयात्रा उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजार आइपुगेको छ ।
असार ३० देखि सप्तरीबाट पूर्वको सुनसरी, झापा, मोरङ, इलाम पाँचथर हुँदै सुरु गरिएको उक्त रथयात्रा उदयपुरको पूर्वी क्षेत्रको बेल्टार आइपुगेको छिन्नमस्ता भगवती मन्दिरका पिठाधिश महाकान्त ठाकुरले बताउनुभयो ।
छिन्नमस्ता ९सखडा० भगवतीको उक्त रथलाई सोमबार बेलुकी जिल्लाको सदरमुकाम गाईघाट ल्याएर बजार परिक्रमा गराई अहिले गाईघाट बोक्सेस्थित राधाकृष्ण मन्दिरको परिसरमा राखिएको उदयपुरका प्रहरी प्रमुख ९एसपी० नरबहादुर केसीले बताउनुभएको छ ।
सोमबार बेलुकीदेखि नै गाईघाटका भक्तजनले सखडा भगवतीको दर्शन सुरु गरेका छन् । आज दिनभरि भक्तजनलाई भगवतीको दर्शन गराएर बेलुकी त्रियुगा नगरपालिका क्षेत्रको जलजलेमा भगवतीको रथ राखिने र बुधबार बिहान सिरहातर्फ रथयात्रा प्रस्थान गर्ने ठाकुरले बताउनुभएको छ ।
भगवतीको रथयात्रा गर्नुको उद्देश्यबारे ठाकुरको धारणा यस्तो छ, “नेपालमा अहिले हिमाल, पहाड र तराईमा धेरै अशान्ति फैलिएको छ, जातीय अन्तरकलह, धार्मिक अन्तरकलह भएका छन्, यी सबैलाई शान्त गरेर सबै नेपालीको छिन्नमस्ता भगवतीले गल्याण गरुन् भनेर हामीले मेची–महाकाली रथयात्रा सुरु गरेका छौँ ।”
छिन्नमस्ता भनेको चामुण्डा, भैरवी, दक्षिणकाली, भगवतीको रुप भएको कारण पनि हिमाल, पहाड तराईलाई शान्त पार्न र समृद्धि गरेर सबै नेपालीलाई धार्मिक एकतामा बाँध्न रथयात्रा सुरु गरिएको सम्बन्धित पदाधिकारी बताउँछन् ।
चार महिनाभित्र उक्त रथयात्रा महाकाली पुगेर सम्पन्न हुने र बाँकी चार महिना भारततर्फ रथयात्रा हुने पनि ठाकुरले बताउनुभयो ।
स्मरण रहोस्, सप्तरी जिल्लाको सखडामा अवस्थित छिन्नमस्ता भगवती मन्दिर नेपालको पूर्वी क्षेत्रकै शक्तिपीठमध्ये एक महत्वपूर्ण शक्तिपीठको रुपमा मानिने गरेकोछ ।