प्रचण्ड दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित : पक्षमा ३६३, विपक्षमा २१० मत

maitrinews

prachandara

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक नेपालको प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । व्यवस्थापिका संसद्ले आज उहाँलाई दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । आजको मतदानमा उहाँलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, मधेसी मोर्चालगायतले मत दिएका थिए भने नेकपा एमाले, राप्रपा नेपाल, नेमकिपा, नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतले विपक्षमा मतदान गरेका थिए । पक्षमा ३६३ र विपक्षमा २१० मत परेको थियो ।

कम्युनिस्ट कार्यकर्ता धनबहादुर विश्वकर्माबाट कम्युनिस्ट बन्ने प्रेरणा पाउनुभएका छविलाल दाहालले आफ्ना हाइस्कुलका गुरु चन्द्रराज भुर्तेलबाट सक्रिय राजनीतिमा लाग्ने उत्साह प्राप्त गर्नुभयो । धनबहादुरले नै दाहाललाई कम्युनिस्ट नेता रूपलाल विश्वकर्मासँग चिनजान गराइदिनुभयो । त्यहीँबाट सुरु भएको हो छविलालको राजनीतिक यात्रा ।
नेपाली कम्युनिस्ट आन्दोलनका कठिन उकाली ओराली पार गर्ने क्रममा छविलालको नाम, काम र कर्म पनि परिवर्तन हुँदै गयो । छविलालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण, प्रचण्ड हुँदै पुष्पकमल दाहालको नामबाट उहाँ बुधबार नेपालको ३९औँ तथा गणतन्त्र घोषणापछिको सातौँ प्रधानमन्त्रीमा निर्वाचित हुँदै हुनुहुन्छ ।
प्रधानमन्त्री पदको निर्वाचनमा मङ्गलबार उहाँको एकल उम्मेदवारी परेपछि उहाँ प्रधानमन्त्री पदमा निर्वाचित हुने पक्का भएको हो । पहिलो संविधानसभा निर्वाचनपछि संविधानसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा गणतन्त्र घोषणापछिको पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएका दाहाल पुनः दोस्रोपटक प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।
उहाँ कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामकरण गरिएको थियो । पछि भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण, प्रचण्ड उपनामबाट राजनीतिमा सक्रिय रहँदै आउनुभएका दाहाललाई सबैले ‘प्रचण्ड’को नामबाट चिन्छन् । ‘राजनीतिलाई सम्भावनाको खेल’ ठान्नुहुने अध्यक्ष प्रचण्ड कुनै बेला आफ्नै पार्टीबाट मुख्य वर्गशत्रु घोषणा गरिएको नेपाली काँग्रेसको मुख्य सहयोगमा दोस्रोपटक नेपालको प्रधानमन्त्री बन्न लाग्नुभएको हो ।

खेतमा जन्मेर जङ्गलबाट सङ्घर्ष

प्रचण्डको न्वारानको नाम ‘छविलाल दाहाल’ हो । २०११ साल मङ्सिर २६ गते मध्य नेपालमा पर्ने कास्की जिल्लाको ढिकुरपोखरी गाउँमा बुवा मुक्तिनाथ दाहाल र आमा भवानी दाहालबाट उहाँको जन्म भएको हो । आमा भवानी देवीलाई २७ घण्टासम्म सुत्केरी व्यथा लागेर घर छेउको धान खेतमा पहिलो सन्तानका रूपमा उहाँको जन्म भएको थियो । छविलाल दाहालको जन्मकुण्डली ९चिना० हेर्दै एकजना ज्योतिषले बाबु मुक्तिराम दाहाललाई भनेछन्, “तिम्रो छोरो ठूलो मान्छे बन्छ, उसलाई राजयोग परेको छ । ” ज्योतिषले यसो भन्दा बालक छविलालका पिता मुक्तिराम फिस्स हाँस्नुभएको थियो अरे ९यम चौलागाईं, ‘नेपालका प्रधानमन्त्री’ ः २०६९, पृष्ठ १६६० ।
कमजोर आर्थिक स्थितिका कारण पिता मुक्ति दाहालको परिवार लेवाडी ढिकुरपोखरीलाई छाडेर २०१९ सालमा चितवनको शिवनगरमा बसाइँ स¥यो । त्यति बेला छविलाल सात वर्षको हुनुहुन्थ्यो । छविलालले आफ्नो बाल्यकाल गरिबी र अभावमै बिताउनु प¥यो । आर्थिक अभावकै कारण मुक्तिरामको परिवार भीमनगर, भरतपुरको कृष्णपुर, लङ्गुटाँडी हुँदै वैदिक नगरमा बसाइँ स¥यो । सानैदेखि तीक्ष्ण दिमागका प्रचण्डले चितवनको कृषि तथा पशु विज्ञानमा स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ ।
नेपाली जनताको मुक्ति र स्वतन्त्रता आन्दोलनमा अनवरत लागिरहनुभएका प्रचण्डले झण्डै आधा शताब्दी कम्युनिस्ट आन्दोलनमा राजनीतिक जीवन बिताउनुभएको छ भने २५ वर्ष त सङ्घर्षपूर्ण भूमिगत जीवन बिताउनुभएको छ । यसबीचमा उहाँले नेपालमा सामन्ती राजतन्त्रात्मक व्यवस्था अन्त्य गरी जनगणतन्त्रात्मक राज्यसत्ता स्थापना गर्ने उद्देश्यले २०५२ साल फागुन १ गतेदेखि १० वर्षसम्म सञ्चालन भएको सशस्त्र सङ्घर्ष ९जनयुद्ध०को कुशलतापूर्वक नेतृत्व गर्नुभयो ।
खुला र प्रतिस्पर्धाको यात्रा
वि।सं। २०६२–६३ को जनआन्दोलन सफल भएपछि अध्यक्ष प्रचण्डले खुला राजनीतिमार्फत शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन, खासगरी सेना समायोजन प्रक्रियाको टुङ्गो लगाउन निर्णायक भूमिका नै निर्वाह गर्नुभयो ।
पहिलो संविधानसभा निर्वाचन २०६४ मा काठमाडौँ १० र रोल्पा २ गरी दुईवटा निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित अध्यक्ष प्रचण्ड नौ महिना ९२०६५ भदौ २ देखि २०६६ जेठ २१ गते० सम्म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुभएको थियो । पशुपतिनाथका भट्ट नेपाली राख्ने र तत्कालीन नेपाली सेनाका प्रधानसेनापति रुकमाङ्गद कटवाललाई हटाउनेलगायतका केही योजनामा प्रचण्डलाई सफलता प्राप्त हुन सकेन, जसले गर्दा उहाँ प्रधानमन्त्री पदबाट राजीनामा दिएर सत्ताबाट बाहिरिनुभयो । तत्कालीन काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्न नदिएकोमा प्रचण्डले सार्वजनिक रूपमै आत्म आलोचना गर्नुभएको थियो ।
वि।सं। २०७० मङ्सिर ४ मा भएको दोस्रो संविधानसभामा उहाँले काठमाडौँ १० बाट पराजय भोग्नु परे पनि सिराहा ५ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । संविधान जारी गर्ने क्रममा प्रचण्डले खेल्नुभएको भूमिका उल्लेखनीय रह्यो । संसदीय राजनीतिलाई ध्वस्त पारी जनवादी गणतन्त्र स्थापना गर्न उहाँको नेतृत्वमा सञ्चालित जनयुद्धका क्रममा १७ हजारभन्दा बढीले ज्यान गुमाएका थिए ।
अध्यक्ष प्रचण्ड विचारमा दृढ र व्यवहारमा लचक हुनुहुन्छ । नेपालको संविधानले आत्मसात् गरेका गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षताजस्ता उपलब्धिलाई संस्थागत गर्ने कार्यको जिम्मेवारी पनि अब प्रधानमन्त्री भएपछि प्रचण्डकै काँधमा आइपुगेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् सांसद पुष्पकमल दाहालले राष्ट्र र जनताको हितमा लगिरहने प्रतिज्ञा गर्नुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद पुष्पकमल दाहालले नेपालको संविधानको धारा २९८ को उपधारा ९३० एवम् व्यवस्थापिका–संसद् नियमावली, २०७३ को ४९ उपनियम ९४० बमोजिम नेपालको प्रधानमन्त्री पदमा आफ्नो उम्मेदवारीको सूचना प्रस्तुत गर्दै उहाँले राष्ट्रिय मुद्दामा सहमति कायम गरेर देशलाई विकास निर्माणको बाटोमा अघि बढाउन आफू इमान्दारीपूर्वक लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्र र जनताको हितमा भएका सबै सन्धि सम्झौता र विकास परियोजना सञ्चालन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

विकास निर्माणको काम अगाडि बढाउन स्रोत देखाइदिन आग्रह गर्दै अध्यक्ष दाहालले भन्नुभयो ‘‘प्रधानमन्त्रीज्यू स्रोत देखाइदिनुस्, हामी त्यसलाई उपयोग गरेर हामी विकासको नयाँ खाका ल्याउन तयार छौँ ।

राष्ट्रिय सङ्कल्प झल्कने विकासको रणनीतिक खाका तयार गर्न राजनीतिक नेतृत्वले गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ थियो । विनियोजन गरेअनुरुपमा विकास कार्यक्रम हुबहु कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

दुई वर्षभित्र कृषि र ऊर्जामा आत्मनिर्भर बनाउने योजना, जिल्ला सदरमुकाममा विकास निर्माण, सामाजिक सुरक्षाका कार्यक्रम, निजगढ, गौतमबुद्ध विमानस्थल जस्ता महत्वपूर्ण कार्यक्रम हुबहु कार्यक्रम गरिने र बजेट नभएको ठाउँमा समेत बजेट थप गरेर राष्ट्रमुखी बनाउनेमा जोड दिनुभयो ।

गणतन्त्र, समावेशी, समानुपातिक, धर्मनिरपेक्षताजस्ता विषय परिवर्तनका खास एजेन्डा भएकाले त्यसलाई संस्थागत गर्दै जाने उहाँको कथन थियो । देश निर्माणको नयाँ शैलीको खोजी गर्नुपर्ने उल्लेख गर्दै नयाँ नेपालको वास्तविक गोरेटो कोर्न १० वर्ष लागेको र विगतको अनुभव संश्लेषणका आधारमा सबै नेपाली र राजनीतिक दलले सङ्कल्प गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

चीन, भारतमा आउने पर्यटकलाई नेपाल भित्र्याउन हामीले विशेष पहल गर्नुपर्नेमा जोड दिँदै भौतिक पूर्वाधारले व्यवस्थापन गर्न सकिए नेपाल आर्थिक समृद्धिको दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

हामी सबैले संस्कार शैलीमा परिवर्तन गर्दै उद्योग, परराष्ट्र, ऊर्जामा रणनीतिक समझदारी आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ थियो । आफ्नो बारेमा आत्मसमीक्षा गर्दै अध्यक्ष दाहालले भन्नुभयो “आफू जहिले पनि राष्ट्र र जनताको पक्षमा लडिरहन्छु, त्यसमा कुनै संका छैन ।

साउन १९ गते ।