महान्यायाधिवक्ता फुँयालद्वारा राजीनामा
काठमाडौँ, १९ साउन । महान्यायाधिवक्ता तथा सरकारको कानुनी सल्लाहकार हरि फँुयालले आज महान्यायाधिवक्ता पदबाट राजीनामा दिनुभएको छ ।
महान्यायाधिवक्ता फँुयालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएर आएको राससलाई जानकारी दिनुभयो ।
उहाँले बिहीबारदेखि लागू हुनेगरी राजीनामा दिनुभएको छ । महान्यायाधीवक्ता फुँयाल गत वैशाख ६ गते महान्यायाधिवक्तामा नियुक्त हुनुभएको थियो ।
सरकार परिर्वतन हुँदा कानुनी सल्लाहकार पनि परिर्वतन हुने प्रचलन अनुसार उहाँले आज राजीनामा दिनुभएको हो । रासस