ज्येष्ठ नागरिक परिचयपत्र बनाउने बढे

 

????????????????????????????????????

भक्तपुर । भक्तपुरमा ज्येष्ठ नागरिक परिचयपत्र बनाउनेको सङ्ख्या तीन हजार पुगेको छ । सरकारले ज्येष्ठ नागरिकको सेवा सुविधा वृद्धि गर्ने घोषणा गरेसँगै ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्यामा वृद्धि भएको हो ।
भक्तपुरमा गत आवको मसान्तसम्म ज्येष्ठ नागरिक परिचयपत्र लिनेको सङ्ख्या एक हजार २०० रहेको महिला तथा बालबालिका कार्यालय भक्तपुरले जानकारी दिएको छ । गत वर्ष परिचयपत्रको कार्ड सकिएकाले पनि माग भएअनुसार वितरण गर्न नसकिएको कार्यालय प्रमुख निलाकुमारी घिमिरेले जानकारी दिनुभयो ।

भक्तपुरमा अचेल दैनिक एक सयको हाराहारीमा कार्ड वितरण भइरहेको घिमिरेले बताउनुभयो । परिचयपत्र प्राप्त ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधन र सरकारले तोकिएको अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था छ ।

सरकारले ज्येष्ठ नागरिकका लागि पाटन अस्पताल र कीर्तिपुर आयुर्वेदिक अस्पतालमा उपचार सेवामा ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।