एमाले स्थायी कमिटी बैठक आज, एमालेले व्यापकरुपमा जनपरिचालन गर्ने

CPN-UML-party-office
काठमाडौँ । सरकारबाट बाहिरिएपछि पहिलो पटक आज नेकपा एमाले स्थायी कमिटीको बैठक बस्दैछ ।
नयाँ सरकार गठनपछिको स्थिति, पार्टीको भूमिका, पार्टीका प्रदेश कमिटी विस्तार, व्यापकरुपमाजनपरिचालन गर्नेलगायतका विषयमा बैठक हुन लागेको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पनि बैठकमा समीक्षा हुने बुझिएको छ ।

बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्रबाराहीमा अपरान्ह ३ बजे बस्नेछ । नेकपा ९माओवादी केन्द्र०ले सरकारको समर्थन फिर्ता लिई नेपाली काँग्रेससँग मिलेर अविश्वास प्रस्ताव ल्याएपछि तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले यही साउन ९ गते पदबाट राजीनामा दिनुभएको थियो ।

साउन ३० गते ।