पाँच मन्त्रीद्वारा शपथ

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज अपराह्न आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो ।

विस्तारित मन्त्रिपरिषद्मा जनार्दन शर्मा ९ऊर्जा०, सुरेन्द्र कुमार कार्की ९सूचना तथा सञ्चार०, हितराज पाण्डे ९सङ्घीय मामिला तथा स्थानीय विकास०, अजयशङ्कर नायक ९कानुन, न्याय तथा संसदीय मामिला० र धनीराम पौडेल ९विना विभागीय० ले मन्त्री पदको शपथ लिनुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।

साउन ३० गते ।